बुधबार २० फागुन, २०८२

रविलाई धरौटीमा छाड्ने र छविलाई थुनामा राख्ने आदेशविरुद्ध दुवै पक्ष उच्च अदालतमा

रविलाई धरौटीमा छाड्ने र छविलाई थुनामा राख्ने आदेशविरुद्ध दुवै पक्ष उच्च अदालतमा

काठमाडौं, ३० माघ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतका दुई न्यायाधीशले दिएका दुई थरी आदेशविरुद्ध दुवै पक्ष उच्च अदालत पुगेका छन् ।

सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध कसुरमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई थुनामै राख्नुपर्ने माग गर्दै सरकारी वकिल कार्यालयले पुनरावेदन गरेको छ ।

गोर्खा मिडियाका तत्कालीन पूर्वउपाध्यक्ष डीआईजी छविलाल जोशीले भने कारागार चलान गरिएपछि बाहिर बसेरै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने मागसहित उच्च अदालतमा निवेदन दिएका छन् ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले जोशीलाई सोमबार पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको थियो ।

अधिवक्तासमेत रहेका जोशीका छोरा रोचक जोशीले थुनामा पठाउने सो आदेश र ठहर खण्डमा उल्लेखित विषय पूर्वाग्रही रहेकाले उक्त आदेश बदर माग गर्दै निवेदन दर्ता गराएका हुन् ।