मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बबरमहलमा बाढी
काठमाडौं, ३० माघ । बबरमहलस्थित जिल्ला अदालत अगाडि मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा सडक जलमग्न भएको छ ।
पाइप फुट्दा निस्किएको पानीले बबरमहल क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । पैदलयात्रुलाई हिँडडुल गर्न समस्या परेको छ ।
उक्त पानी वन परिसर, विशेष अदालत, जिल्ला अदालतलगायतका सरकारी कार्यालयमा पसेको छ ।