बुधबार ३० माघ, २०८१

प्रादेशिक आमसञ्चार विधेयक सच्याउँछौं : मुख्यमन्त्री कार्की

प्रादेशिक आमसञ्चार विधेयक सच्याउँछौं : मुख्यमन्त्री कार्की

काठमाडौं, ३० माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक आमसञ्चार विधेयक सहमतिमा अघि बढ्ने बताएका छन्।

विराटनगरमा बुधबार प्रेस चौतारी कोशी प्रदेश समितिको दोश्रो अधिवेशनको उद्‌घाटनमा बोल्‍दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

उनले भने, ‘ सरकार प्रादेशिक सञ्चार विधेयकमा भएको कमजोरी सच्याउन तयार रहन्छ । त्यसका लागि दलहरूसँग विधेयकमाथि पर्याप्त छलफल गर्छौं।’

मुख्यमन्त्री कार्कीले संघीय सरकारले ल्याएको अध्यादेशको विषयमा अनावश्यक रुपमा बखेडा झिक्न खोजेको बताए ।

‘सरकारले ल्याउने विधेयकका विषयमा दलका नेताहरुले पनि विरोध गरिरहेको सुनिन्छ तर अध्यादेश संवैधानिक हो, उनले भने,’ सदनबाट पारित नभए खारेज हुन्छ तर अध्यादेश ल्याउन नपाउने भन्ने हुन्न।’