बिहीबार ०१ फागुन, २०८१

फागुनमा बैंक ब्याजदर स्थिर

फागुनमा बैंक ब्याजदर स्थिर

काठमाडौं, १ फागुन । वाणिज्य बैंकहरूले फागुनका लागि निक्षेपको ब्याजदर स्थिर राखेका छन् ।

२० वटा वाणिज्य बैंकहरूको व्यक्तिगततर्फको मुद्दती निक्षेपको औसत ब्याजदर ६.००१ प्रतिशत छ । माघमा पनि यही ब्याजदर कायम थियो । 

पछिल्लो समय रेमिट्यान्समा भइरहेको वृद्धिले बैंकहरूमा निक्षेप संकलन चुलिँदै गइरहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत शनिबार (२६ माघ) सम्म वाणिज्य बैंकहरूको निक्षेप संकलन ५९ खर्ब ९४ अर्ब रुपैयाँ छ । कर्जा प्रवाह ४८ खर्ब २१ अर्ब रुपैयाँ छ ।

अहिले केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमा रहेको ३ प्रतिशतमा बैंकहरूको निक्षेप संकलन गरिरहेको छ ।

त्यसैले साधारण निक्षेपको औसत ब्याजदर नै ३ प्रतिशत कायम छ ।

तल्लो सीमाको ब्याजदरमा केन्द्रीय बैंकले निक्षेप उठाइरहँदा बैंकहरूलाई ब्याजदर यो सीमाभन्दा तल जाने अवस्था छैन ।