बिहीबार ०१ फागुन, २०८१

लुम्बिनी विकास बैंक र होटल वृन्दावनबीच सम्झौता

लुम्बिनी विकास बैंक र होटल वृन्दावनबीच सम्झौता

काठमाडौं, १ फागुन । लुम्बिनी विकास बैंक लिमिटेडले होटल वृन्दावन प्रालि मा आफ्ना ग्राहक महानुभावहरूलाई विभिन्न सेवा तथा सुविधाहरूमा छुट दिनको लागि सम्झौता गरेको छ।

होटल वृन्दावन प्रालि पर्सा जिल्लाको विरगञ्ज उप-महानगरपालिका वार्ड नं. १० मा अवस्थित छ । सम्झौतामा उल्लेख भए अनुसार लुम्बिनी विकास बैंक लि का सम्पूर्ण ग्राहकहरूलाई होटल वृन्दावन प्रालि का विभिन्न सेवा तथा सुविधाहरूमा ३०५ सम्म छूट प्रदान गर्ने छ।

होटल वृन्दावन प्रालि। को विभिन्न सेवा तथा सुविधाहरू अन्तर्गत ग्राहक महानुभावहरूले खानाका परिकार तथा पेय पदार्थहरूमा १०५ साथै होटल कोठाहरूको शुल्कमा ३०५ छुट लिन सक्ने छन् । सम्झौता पत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट वीरगन्ज शाखाका प्रबन्धक श्री कृष्ण कुमार महतो र होटल वृन्दावन प्रालि को तर्फबाट प्रबन्ध निर्देशक श्री पप्पु सराफ ले संयुक्त रूपमा हस्ताक्षर गरे।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) रहेको छ। यस लुम्बिनी विकास बैंक लिमिटेडले निरन्तर 'सहयात्रा' भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एव नवीनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।