बिहीबार ०१ फागुन, २०८१

नेपालमा ८ सयभन्दा बढी सवारीसाधन बिक्री गर्न सफल भएको भन्दै ओमोडा एन्ड जेइकोले मनायो उत्सव

नेपालमा ८ सयभन्दा बढी सवारीसाधन बिक्री गर्न सफल भएको भन्दै ओमोडा एन्ड जेइकोले मनायो उत्सव

काठमाडौं, १ फागुन ।  ओमोडा एन्ड जेइको अटोमोबाइल्स प्रालिले नेपालमा ८ सयभन्दा बढी सवारीसाधन बिक्री गर्न सफल भएको घोषणा गरेको छ । कम्पनीले नेपालमा उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै काठमाडौंको उत्तरढोकास्थित शोरूममा उत्सव कार्यक्रम आयोजना गर्‍यो ।

कार्यक्रममा प्रतिष्ठित क्रिकेट खेलाडी एवं ओमोडा एन्ड जेइकोका ब्रान्ड एम्बासडर दीपेन्द्रसिंह ऐरी, एसपीजी टिमीबाट गौरव शारडा (निर्देशक), धीरेन तामाङ (ग्रुप अध्यक्ष), ज्ञानेन्द्रबहादुर चन्द (महाप्रबन्धक, सेल्स एन्ड मार्केटिङ) र राजेन्द्र तिमिल्सेना (महाप्रबन्धक, फाइनान्स) को सहभागिता थियो ।

समारोहमा अतिथिहरूलाई ब्रान्ड एम्बासडरसँग संवाद गर्ने, ओमोडा एन्ड जेइकोका मोडेलहरू अवलोकन गर्ने र नेपालको सन्दर्भमा ब्रान्डको यात्रा तथा भविष्यबारे जानकारी प्राप्त गर्ने अवसर प्रदान गरियो ।

सडकमा ८ सयभन्दा बढी सवारीसाधन पुग्नस भनेको ग्राहकहरूको विश्वास र भरोसाको प्रतिफल रहेको कम्पनीले जनाएको छ ।

ओमोडा एन्ड जेइकोले नवप्रवर्तन र गुणस्तरमा प्रतिबद्ध रहँदै नेपाली बजारका आवश्यकताअनुसार उत्कृष्ट अटोमोटिभ समाधान दिन निरन्तर काम गरिरहेको बताएको छ । कम्पनीले यस्तो महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सहयोग पुर्‍याउने सबैप्रति आभार प्रकट पनि गरेको छ ।