बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो
![बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो](https://snowberry.prixacdn.net/media/gallery_folder/babrmall-jalmagnaa_Zaqe7L3m4N_dkbjny1fmycija75pmcxbltr6dmkwjulro6zrzwlxhp2egcdgvcpgk3uqyjl_1pkuddsZRv_h54nguubd4sg0qx8ksi3bk1egdebexvowbqr8erdfqgapme5prourrscyhl5.jpg)
काठमाडौं, १ फागुन । नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ ।
काठमाडौंमा वितरण गरिने थोक प्रणालीको पाइप गएरातिदेखि मर्मत गर्ने कार्य सुरु गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।
उनले भने, ‘पाइप फुटेपछि पानी पुरै बगेर बबरमहल जलमग्न भएको थियो । पानी बन्द भएपछि गएरातिबाट हामीले मर्मतको सुरु गरेका छौँ । मर्मत सकिएपछि पानी बितरण प्रक्रिया सुरु गर्ने छौँ ।’
विद्युतका तारहरु भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेपछि जलमग्न भएको र विषेश अदालत सहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो ।