बिहीबार ०१ फागुन, २०८१

शंखरापुर दुर्घटना : २७ घाइते अस्पतालबाट डिस्चार्ज

शंखरापुर दुर्घटना : २७ घाइते अस्पतालबाट डिस्चार्ज

काठमाडौं, १ फागुन । काठमाडौँको शंखरापुर नगरपालिका–५ साँखुस्थित कात्तिकेमा स्कुल बस दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाएका छन् । बुधवार मध्यान्ह चाबहिलस्थित एसएस एकेडेमीको बा.२ ख ७०५८ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकामध्ये २७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । 

दुर्घटनामा परेका २७ जना उपचारपछि घर फर्किएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए । 

एसएस एकेडेमीमा अध्ययनरत एक जना बालिकाको अवस्था गम्भीर छ । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको बोहराले जानकारी दिए । अन्य १५ नजना घाइतेहरूको पिपुल्स लाइफ केयर अस्पताल, शंखरापुर अस्पताल, नेपाल मेडिकल कलेजमा र टिचिङ अस्पतालमा उपचार हुँदै छ । 

स्कुल व्यवस्थापन, शिक्षकहरू र विद्यार्थी सवार बस नगरकोटमा पिककिन गएर फर्किँदा दुर्घटनामा परेको हो । सुन्दरीमाई यातायात सेवाको सो बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । बस सिन्धुपाल्चोक घर भएका ३९ वर्षीय मनिष माझीले चलाएका थिए ।