रोल्पामा जिप दुर्घटना
काठमाडौं, १ फागुन। रोल्पाको माडी गाउँपालिका–५ मा जिप दुर्घटना भएको छ ।
घोराहीबाट परिवर्तन गाउँपालिका–२ राङ्सीतर्फ जाँदै गरेको भे १ ज १०११ नम्बरको जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्सपेक्टर बिदुरचन्द्र अधिकारीले जानकारी दिए ।
घाइतेहरूलाई अहिले जिल्ला अस्पताल, लिबाङतर्फ ल्याउँदै गरिएको उनले बताए ।
यस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
