गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको वित्तीय साक्षरता

काठमाडौं, ६ फागुन । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले वित्तीय साक्षरता प्रदान गरेको छ ।
फाइनान्सका अनुसार काठमाडौं महानगरपालिका वडा नंं ६ बौद्धमा अवस्थित अरुणिमा एजुकेसन फाउन्डेसनका विद्यार्थीहरूको वित्तीय जानकारी अभिवृद्धिका लागि डिजिटल बैंकिङ सम्बन्धमा जानकारी दिने गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
डिजिटल बैंकिङअन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट बैंकिङ सेवा प्रयोग गर्न सकिने हुँदा समय र श्रमको बचत भई आफ्नो खाता र बैंकिङ कारोबारलाई सुरक्षित राख्न पासवर्ड र दुई–चरण प्रमाणीकरणजस्ता उपायहरू प्रयोग गर्न सकिने, आफ्नो खाता र बैंकिङ कारोबारको जानकारी तुरुन्तै लिन सक्ने, मोबाइल एप्स र वेबसाइटमार्फत सजिलै पैसा पठाउन र प्राप्त गर्न सकिने विषयमा वित्तीय जानकारी दिई डिजिटल बैंकिङ बारे वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
उक्त कार्यक्रममा संस्थाका बौद्ध शाखाका शाखा प्रबन्धक दिगम्बर श्रेष्ठ, सूचना प्रविधी विभागका विभागिय प्रमुख सुजन डंगोल तथा अन्य कर्मचारीहरूको र अरुणिमा एजुकेसन फाउन्डेसनका तर्फबाट प्रिन्सिपल ईश्वरी प्रसाद न्यौपानेको समुपस्थिति रहेको थियो ।
संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत यस संस्थाले विगत वर्षदेखि नै वित्तीय साक्षरता तथा सामाजिक कार्यमा सहभागिता जनाउँदै आइरहेकोे छ । आगामी दिनहरूमा पनि यसैगरी निरन्तरता दिने कुरामा यस संस्था प्रतिबद्व छ । फाइनान्सले हाल मुलुकभर २३ वटा शाखा कार्यालयहरू, चार वटा विस्तारित काउन्टरहरूबाट सेवा प्रदान गर्दै एटीएम सेवा, सेफ डिपोजित लकर सेवा, डिम्याट खाता, मोबाइल बैंकिङ सेवाहरूजस्ता आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ ।