धौलागिरी लघुवित्तले दियो अशक्तलाई ह्विलचेयर

काठमाडौं, ६ फागुन । धौलागिरीलघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मालिका– ५, पन्चासेका अशक्त महिलालाई ह्विलचेयर प्रदान गरेको छ । संस्थाले शनिबार स्थानीय निशा केसीको घरमै पुगेर उक्त ह्विलचेयर वितरण गरेको हो ।
सो कार्यक्रममा संस्थाकी अध्यक्ष सिर्जना थापा, सञ्चालक रेशमलाल सापकोटा, पूर्वसञ्चालक कृष्णराज शर्मा, कामु प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिवराम जोशीलगायतको उपस्थिति रहेको थियो ।