गेटा आँखा अस्पताललाई नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सहयोग

काठमाडौं, ७ फागुन । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको गेटा आँखा अस्पताललाई १५ सेट तीन सिट क्षमताको स्टिल कुर्सी प्रदान गरेको छ ।
यो सहयोगले बिरामी र उनीहरूको परिवारका लागि थप आराम सुनिश्चित गर्दै अस्पतालको सिट सुविधा बढाउने लक्ष्य राखेको छ ।
गेटा आँखा अस्पताल सुदूरपश्चिम प्रदेशकै एक प्रमुख स्वास्थ्य सेवा प्रदायक हो । कैलालीमा मुख्यालय रहेको अस्पतालले सुदूरपश्चिम प्रदेशका नौ जिल्लास्थित शाखा कार्यालयबाट हजारौं बिरामीलाई सेवा दिँदै आएको छ ।
बैंकका अनुसार गेटा आँखा अस्पताललाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रयासमा सहयोग गर्न कुर्सी सहयोग गरिएको हो । यो पहल सामाजिक उत्तरदायित्व र सामुदायिक सेवामा बैंकको प्रतिबद्धतासँग जोडिएको छ ।