शिवरात्रि नजिकिँदै, रंगिँदै पशुपति (तस्बिरहरू)

काठमाडौं, ८ फागुन । महाशिवरात्री–२०८१ को तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन हुँदैछ ।
महाशिवरात्री नजिकिँदै गर्दा पशुपतिनाथ परिसरमा रंगोरोगन सुरु भएको हो।
महाशिवरात्री व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ। यसपालिको महाशिवरात्री १४ फागुनमा परेको छ।