आइतबार ११ फागुन, २०८१

टियागो–२०२५, नेक्सन के३ र कर्भ ईभी लन्च गर्दै सिप्रदी

टियागो–२०२५,  नेक्सन के३ र कर्भ ईभी लन्च गर्दै सिप्रदी

काठमाडौं. ११ फागुन । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले तीन नयाँ विद्युतीय सवारी (ईभी) सार्वजनिक गर्दै छ । यसअघि, नेक्सन, टियागो र पन्चलगायत ईभी बिक्री गर्दै आएको कम्पनीले थप तीन गाडी भित्र्याएको हो ।

कम्पनीले दुईवटा एसयूभी र एक ह्याचब्याक सार्वजनिक गर्न लागेको हो । जसमध्ये एउटा एसयूभी कुपे डिजाइनमा आधारित छ । 

तीनवटै गाडीको फिचर र क्षमता:

१. टियागो २०२५

टियागो २०२५ को १९.२ किलोवाटआवरको ब्याट्री प्याकमा ४५ किलोवाटको मोटर छ । २४ किलोवाटआवरको ब्याट्रीसँग ४९.०१ किलोवाटको मोटर छ । टर्क ११० एनएम र ११४ एनएम छ । स्पोर्ट र सिटी गरी दुई ड्राइभ मोड रहेका गाडीले २५० र ३१० किलोमिटर रेन्ज दिन्छ ।

२. नेक्सन के३

४५ किलोवाटआवरको ब्याट्री रहेको नेक्सन के३ मा ९८ किलोवाटको मोटर छ । गाडीको अधिकतम पावर १३३.२ पीएस र टर्क २१५ एनएम छ । गाडीको रेन्ज ३२५ किलोमिटरभन्दा बढी रहेको टाटाले जनाएको छ । 

इको, सिटी र स्पोर्ट गरी तीन ड्राइभ मोड रहेको नेक्सन के३ को ग्राउन्ड क्लियरेन्स १९० एमएम छ । 

३. कर्भ ईभी

५५ किलोवाटआवरको ब्याट्री रहेको कर्भ ईभीको मोटर पावर १२३ किलोवाट छ । अधिकतम पावर १६७ पीएस रहेको गाडीको टर्क २१५ एनएम छ ।

१६० किलोमिटर प्रतिघण्टाको अधिकतम गति रहेको गाडीले करिब ५०० किलोमिटरसम्म रेन्ज दिने जनाइएको छ ।

५०० लिटर स्टोरेज क्षमता रहेको गाडीको ग्राउन्ड क्लियरेन्स १९३ एमएम छ । कुपे डिजाइनका गाडीमा स्लोपिङ छाना, ढोका र पछाडिका झ्याल लामो भएर स्ट्रिमलाइन्ड डिजाइन देखिन्छ ।

नेपाली बजारमा सार्वजनिक हुने तयारीमा एसयूभी कुपे डिजाइनको टाटा कर्भ ईभी, के  हो एसयूभी कुपे ? - Nepal Auto