राप्रपा निकट युवा संघको अध्यक्षमा नविन कुमार झा चयन

काठमाडौं, ११ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवा संगठन प्रजातान्त्रिक युवा संगठनको धनुषा जिल्ला अध्यक्षमा नविन कुमार झा चयन भएका छन् ।
संगठनको शनिबार जनकपुरधाममा सम्पन्न जिल्ला अधिवेशनले झा को नेतृत्वमा १७ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।
समितिको उपाध्यक्षमा जीतनारायण साह, अशोक कुमार साह, सचिवमा अमित कुमार कर्ण, स–सचिवमा मकेन्द्र यादव, कोषाध्यक्ष भैरव झा चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा सोहन कुमार सिंह , सुभम झा, दयानन्द झा, विनोद मण्डल, संजय ठाकुर, सन्तोष यादव, लक्ष्मी साह, रुपेश कुमार सिंह, सुमित साह र कौशल मिश्र चयन भएको निवर्तमान अध्यक्ष मुन्नु झाले बताए ।
निवर्तमान अध्यक्ष मुन्नु झाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा राप्रपाका प्रवक्ता गोपाल दहाल, युवा संगठनका केन्द्रिय अध्यक्ष सुजित केसी सहितका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।