दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत रोल्पाका बजिन्द्र मृत फेला

काठमाडौं, १६ फागुन । दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत एक जना कामदार मृत फेला परेका छन्।
मृत फेला पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका-३ का २३ वर्षीय बजिन्द्र घर्तीमगर छन्।
हाइड्रोपावरको मादी जलजला कन्स्ट्रक्सनमा काम गर्दै आएका बजिन्द्र १४ फागुनदेखि सम्पर्कविहीन थिए। खोजतलास गर्दै जाने क्रममा उनको शव बिहीबार साँझ साव ५ को समयमा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
उनको शव बिगु गाउँपालिका, लामाबगरबाट देउराली जाने बाटोको भीरमा फेला परेको प्रहरीको भनाइ छ।
उनको शव बाटोभन्दा करिब २ सय मिटर तल भीरमा फेला परेको प्रमरीले जनाएको छ।
उनको शव पोस्टमार्टमका लागि पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोट लगिएको प्रहरीले जनाएको छ।