बुधबार ०२ पुस, २०८२

‘वन व्यवस्थापनमा प्राविधिक संघले ऐतिहासिक भूमिका खेलेको छ’

‘वन व्यवस्थापनमा प्राविधिक संघले ऐतिहासिक भूमिका खेलेको छ’

काठमाडौं, १८ फागुन । नेपाल वन प्राविधिक संघले नेपालका वन, वन्यजन्तु, वनस्पति तथा जैविक विविधताको संरक्षण, वैज्ञानिक वन व्यवस्थापन र समुदायमा आधारित सहभागितामूलक वन कार्यक्रमहरूको प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गरिरहेको दाबी गरेको छ ।

संघको स्वर्ण महोत्सवका अवसरमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी हालसम्मको उपलब्धि र भावी योजना सुनाउनेक्रममा उक्त दाबी गरेको हो ।

संघका अध्यक्ष राकेश कर्णले बन क्षेत्रको विकासमा सरकारसँगको सहकार्यमा नीति निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रियामा पैरवी र पक्षपोषण गरिरहेको बताए । उनले संघलाई आगामी दिनमा अझ शसक्त बनाउदै प्रभावकारी रूपमा कार्य गर्दै, दिगो वन व्यवस्थापन, सामुदायिक सहभागिता र वातावरण संरक्षणका क्षेत्रमा थप योगदान पुर्याउने प्रतिवद्धता पनि जनाए ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाल वन प्राविधिक संघ २०३१ सालमा स्थापना भई नेपालका वन, वन्यजन्तु, वनस्पति तथा जैविक विविधताको संरक्षण, वैज्ञानिक वन व्यवस्थापन र समुदायमा आधारित सहभागितामूलक वन कार्यक्रमहरूको प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। संघले वन क्षेत्रका प्राविधिकहरूको क्षमता विकास, सशक्तिकरण गर्दै, वन, वातावरण तथा जैविक विविधता संरक्षणको क्षेत्रमा नीति निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रियामा पैरवी र पक्षपोषण गर्दै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।’