सोमबार १९ फागुन, २०८१

नेपाल आइपुगेका बुफोनले भने– 'केपी ओली कपको विजेता को भन्ला भनेर उत्साहित छु'

नेपाल आइपुगेका बुफोनले भने– 'केपी ओली कपको विजेता को भन्ला भनेर उत्साहित छु'

काठमाडौं, १८ फागुन । विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियालुजी बुफोनले जारी केपी ओली कपको विजेता को बन्ला भन्ने कुराले आफू उत्साहित रहेको बताएका छन् ।

बुफोन आजै नेपाल आइपुगेका हुन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलमा चिफ गेस्टको रुपमा सहभागी हुन उनी नेपाल आएका हुन् ।

‘मेरो लागि यहाँ आउनु ड्रिम कम ट्रयू हो । आयोजकलाई धन्यवाद भन्न चाहन्छु,’ आइतबार सञ्चारकर्मीसँग उनले भने, ‘म केपी ओली कप कसले जित्ला भनेर एकदमै उत्साहित छु ।’

साथै, उनले नेपालको झण्डा देख्दा आफूलाई अनौठो लागेको प्रतिक्रिया पनि दिए ।

‘नेपाल ईज वन्डरफुल कन्ट्री । नेपालको झण्डा देख्दा अनौठो लाग्यो । युनिक फ्ल्याग छ,’ उनले भनेका छन् । उनलाई सञ्चारकर्मीले फिटनेसको राज सोधेका थिए ।

जवाफमा उनले भनेका छन्, ‘मलाई थाहा छैन । म सधैँ मेरो कामलाई माया गर्छु । हरेक दिन उत्कृष्ट हुनका लागि फाइट गर्नुपर्छ सहज छैन ।’

बुफोनले फेरि नेपाल आउने आशा राखेका छन् । केपी ओली कपको फाइनल सोमबार दशरथ रंगशालामा हुनेछ । फाइनल खेलमा बुफोन प्रमुख अतिथिको रुपमा रहनेछन् । फाइनल खेल मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी एफसीको बीचमा हुनेछ ।