बुधबार १३ फागुन, २०८२

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं, २० फागुन । सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला रु. एक हजार चार सय र चाँदी प्रतितोला रु. २५ बढेको हो ।

सोमबार प्रतितोला रु. एक लाख ६८ हजार एक सयमा कारोबार भएको सुन आज बढेर प्रतितोला रु. एक लाख ६९ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदी प्रतितोला रु. एक हजार ९४० मा किनबेच हुने महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ९२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।