सोमबार २६ फागुन, २०८१

टाटाको एक्सप्रेस टी ईभी ट्याक्सी: ग्राहकलाई लक्जरी र चालकलाई किफायती

टाटाको एक्सप्रेस टी ईभी ट्याक्सी: ग्राहकलाई लक्जरी र चालकलाई किफायती

काठमाडौं,२३ फागुन । विद्युतीय सवारीसाधन (ईभी) ट्याक्सी पछिल्लो समय राजधानीका सडकहरुमा प्रशस्त कुदिरहेका देखिन थालेका छन् ।

अन्तर्राष्ट्रिय अटो बजारको ख्याति प्राप्त आकर्षक ईभी गाडी उत्पादक कम्पनी टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले पछिल्लो समय ‘टाटा एक्सप्रेस टी’ ईभी ट्याक्सी नेपाली अटो बजारमा भित्र्याएपछि उपत्यका आसपासमा छ्याप्छ्याप्ती ईभी ट्याक्सी देखिन थालेका हुन् ।
 
‘अहिले यो ट्याक्सीले गर्दा एकदम सजिलो भएको छ । पहिले दिनको २ हजार रुपैयाँको पेट्रोल हाल्नुपर्थ्यो अहिले २ सय रुपैयाँको चार्ज गरे पुग्छ । यात्रुहरू पनि ईभी ट्याक्सीमा बस्न रुचाउने हुन्छन्, यसमा एसी हुन्छ, लक्जरी सिट हुन्छ । यात्रु पनि खुसी हुन्छन् । हामी त खर्च कम हुने र चलाउन पनि सजिलो हुने भएपछि खुसी नहुने कुरै भएन ।’ दुई वर्षयता  काठमाडौंका सडकमा एक्सप्रेस ईभी ट्याक्सी चलाउँदै आइरहेका रमेश ओलीले भने । 

यस्तै, अर्का ट्याक्सी चालक रुद्र रोका एक्सप्रेस टी ट्याक्सी उपत्यकाका सडकमा भएको खाल्डाखुल्डीमा पनि सजिलै चलाउन सकिने प्रतिक्रिया दिए । 

‘चार्ज गरेर हिँडेपछि केहि तनाव छैन । काठमाडौंको उकालो–ओरालो खाल्डाखुल्डीमा पनि सजिलै चल्छ । अहिले खर्च निस्केको छैन, त्यसले गर्दा किस्ता हाल्न पनि एकदम सजिलो भइरहेको छ । सिप्रदीले फाइनान्सको सुविधा पनि सजिलो बनाएको छ । ट्याक्सी चलाएर आत्मनिर्भर हुन्छु भन्नेका लागि टाटा एक्सप्रेस टी धेरै नै सजिलो माध्यम बनेको छ ।’ उनले अत्यन्तै हर्षित हुँदै आफ्नो अनुभव सुनाए । 

यसैगरी, अर्का चालक राम तामाङ सिप्रदीले १ लाख २० हजार किलोमिटरसम्म सर्भिसिङ र रिपेयरिङ निःशुल्क दिएका कारण पनि पनि ट्याक्सी चालकलाई सजिलो भएको आफ्नो अनुभव सुनाउँछन् । 

टाटा एक्सप्रेस टी ईभी ट्याक्सी चलाउँदा यात्रु र चालक कतिविधि लाभान्वित भइरहेका छन् भन्ने तथ्य यी तीन प्रतिनिधि पात्रका अनुभवबाट स्वतःपुष्टि हुन आउँछ ।  

एक्सप्रेस टीको बजार मूल्य अहिले ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।  यसबाट हुने आकर्षक आम्दानीकै कारण नेपाली बजारमा यसको दरिलो उपस्थिति देखिएको हो ।

‘एक्सप्रेस टी ट्याक्सी सार्वजनिक भएको दुई वर्ष भयो, यो अवधिमा हामीले १ हजार ५ सय युनिटभन्दा बढी बिक्री गरिसकेका छौं, यो संख्याले हामी एकदमै उत्साहित छौं ।’ सिप्रदीका फ्लिट सेल्स म्यानेजर नवराज निरौलाले भने । 

एक्सप्रेस टी ईभीले चालक तथा यात्रु दुवैलाई यात्रामा सहजता, आरामदायी एवं उत्कृष्ट अनुभव प्रदान गर्ने निरौलाको भनाई रहेको छ । 

अन्य ट्याक्सीका दाँजोमा आरामदायी, आधुनिक तथा पर्याप्त ‘बुट स्पेस’ का कारण यात्रुको रोजाइमा पर्न सफल भएको सिप्रदीको दाबी छ । 
साथै, चालकलाई पनि इन्धन खर्च बचत हुने भएकाले मासिक १ लाख ५० हजारसम्मको आकर्षक बचत गर्न सकिने कम्पनीको भनाइ छ ।

एक्सप्रेस टी ईभीले चालक तथा यात्रु दुवैलाई यात्रामा सहजता, आरामदायी एवं उत्कृष्ट अनुभव प्रदान गर्ने निरौलाले बताए । ‘नेपाली बजारमा एक्सप्रेस टी ईभी ट्याक्सीको उपस्थिति दरिलो हुनुमा हामीले प्रदान गरेका सेवा सुविधाले पनि विशेष भूमिका खेलेको छ,’ म्यानेजर निरौलाले भने ।

सिप्रदीका अनुसार, काठमाडौं उपत्यकाका बालकुमारी, सानागाउँ, सानेपा चोक, वनस्थली, टिकाथली, बौद्ध ९जोरपाटी०, गोंगबु र सिन्धुपाल्चोक खाडीचौर गरी ८ स्थानमा डेडिकेटेड फास्ट चार्जर सुविधा उपलब्ध छ ।

यी चार्जिङ स्टेसनमा ३० किलोवाट चार्जर रहेकाले १ घण्टामै ट्याक्सी फुलचार्ज हुन्छ । निजीतर्फ सिप्रदीले काठमाडौं उपत्यकाका ३० वटा ग्यारेजसँग सम्झौता गरी ७।२ किलोवाटको चार्जबाट ३ घण्टामा फुलचार्ज हुने सुविधा पनि उपलब्ध गराइरहेको छ ।

त्यसैगरी बालकुमारी र गोगंबुमा अत्याधुनिक डेडिकेटेड सर्भिस सेन्टर तथा बालकुमारी सर्भिस सेन्टरमा सेल्स, सर्भिस तथा स्पेयर गरी थ्रि एस सेवा उपलब्ध छ ।

एक्सप्रेस टी ईभी ट्याक्सीको सर्भिसिङ तथा चार्जिङ सुविधा सहित सर्भिस सेन्टरमा थप कार्यसमय मार्फत ग्राहक सेवालाई परिष्कृत गरिएको कम्पनीले जनाएको छ ।

बिहान ६ः३० देखि ९ः३० बजेसम्म खुला रहने सर्भिस सेन्टर मार्फत दैनिक १५ घण्टा सेवा दिँदै आइरहेको छ । यसका साथै अन्य सर्भिसिङको सुविधामा थप काम भइरहेको छ ।

५ सिट क्षमता भएको एक्सप्रेस टी ट्याक्सीमा यात्रुले आरामदायी यात्रा गर्न सक्नेछन् । यसको टर्निङ रेडियस ५।१ मिटर छ । बुट स्पेस ३ सय १६ लिटर पाउन सकिन्छ ।
एक्सप्रेस टी ईभीको ब्याट्री र मोटरमा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी, १ वर्षको सवारी कर, रोडसाइड एसिस्टेन्स र मोबाइल भ्यान लगायतका थप सुविधाहरु रहेको सिप्रदीले जनाएको छ ।

यसका साथै डाउन पेमेन्ट र फाइनान्सको सुविधा सहित ३ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पनि प्राप्त गर्न सकिने बताइएको छ । 

काठमाडौं बाहेक नेपालगञ्ज, भैरहवा र पोखरामा पनि छिट्टै एक्सप्रेस टी ईभी ट्याक्सी बिक्री वितरण सुरु गर्न लागेको सिप्रदीले जनाएको छ ।

अन्य विशेषता र सुविधाहरु :

यो विद्युतीय सेडान ट्याक्सीमा आधुनिक फिचर उपलब्ध छन् । लामो रेन्जका लागि २४ किलोवाटको शक्तिशाली लिथियम ब्याट्री प्रयोग भएको छ । टाटा एक्सप्रेस टीमा १ सय १० मिनेटको छोटो अवधिमै शून्यदेखि ८० प्रतिशत चार्ज हुने प्रभावकारी चार्जिंङ सकेट छ ।

सिप्रदीका अनुसार, एक्सप्रेस टीमा एयर ब्याग, ईबीडी सहित एबीएस लगायत फिचर छन् । यस्तै घरमा १५ एम्पेयरमा चार्ज गर्न मिल्छ । यसमा ४८ किलोवाट क्षमताको मोटर र २४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री जडान छ । सिंगल फुल चार्जले ३ सय ६ किलोमिटर रेन्ज दिने र १ सय ७० एनएम टर्क पावर उत्पादन गर्छ ।

५ सवारी सिट क्षमता भएको एक्सप्रेस टी ट्याक्सीमा यात्रुले आरामदायी यात्रा गर्न सक्नेछन् । यसको टर्निङ रेडियस ५.१ मिटर छ । बुट स्पेस ३ सय १६ लिटर पाउन सकिन्छ ।

यस्तै, गाडीको लम्बाइ ३ हजार ९ सय ९३ एमएम, चौडाइ १ हजार ६ सय ७७ एमएम र उचाइ १ हजार ५ सय ३२ एमएम छ ।

यसैगरी, २ हजार ४ सय ५० एमएमको ह्विलबेस र १ सय ७२ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । एसी र डिसी दुवै चार्ज सपोर्ट गर्ने एक्सप्रेस टीलाई १५ एम्पेयरको चार्जिङ पोर्टबाट करिब ९ घण्टामा शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने दाबी कम्पनीले गरेको छ । 

त्यसबाहेक २५ किलोवाट क्षमताको डीसी फास्ट चार्जरबाट चार्ज गर्दा भने ६५ मिनेटभित्र नै ८० प्रतिशतसम्म चार्ज गर्न सकिने बताइएको छ ।