सोमबार २६ फागुन, २०८१

राजावादीको सक्रियताबारे आन्तरिक छलफलमा माओवादी

राजावादीको सक्रियताबारे आन्तरिक छलफलमा माओवादी

काठमाडौं, २५ फागुन । नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ ।

‘जनतासँग माओवादी, तराई मधेश जागरण अभियान’ स्थगित गरेर काठमाडौं केन्द्रित भएका माओवादी नेताहरू अनौपचारिक संवादमा जुटेका हुन्।

राष्ट्रिय राजनीतिको समीक्षा, पार्टीको जारी अभियान रोक्नुपर्ने परिस्थितिको समीक्षा र आगामी दिनमा लिने नीति तय गर्नमा नेताहरू जुटेका छन् ।

माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ काठमाडौं आइपुग्न बाँकी रहेकाले पदाधिकारीको बैठक बस्ने समय तय भएको छैन ।

सरकारको गतिविधि, राजवादीको गतिविधि र स्ववियु निर्वाचनबारे आन्तरिक छलफल हुने बताईएको छ । राजवादीले गतिविधि बढाएको अवस्थामा कुनै राजनीतिक गतिविधि हुन सक्ने माओवादीको आशंका छ ।