मंगलबार २७ फागुन, २०८१

जनमतको केन्द्रीय समिति बैठक जारी

जनमतको केन्द्रीय समिति बैठक जारी

काठमाडौं, २५ फागुन । जनमत पार्टीको केन्द्रीय समितिको बैठकमा पाँच एजेन्डामा छलफल हुने भएको छ । आइतबार सुरु भएको केन्द्रीय समितिको बैठक सोमबार (भोलि) सकिने छ ।

महोत्तरीको बर्दीवासमा पहिलो दिनको बैठक सुरु भएको छ ।  बैठकका लागि पाँच एजेन्डा पेस भएको प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए ।

यादवका अनुसार संगठनको सवलीकरण, नौलो गणतन्त्र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत, संघीयता कार्यान्वयन, समान विचारधारा भएका पहिचानवादीहरूसँग एकीकरण लगायतका एजेन्डा छन् ।

बैठकमा प्रदेश सरकारको प्रभावकारीका सन्दर्भमा पनि छलफल हुने यादवले जानकारी गराए ।