सोमबार २६ फागुन, २०८१

वुमन्स डे कप क्रिकेट: नेपालको रोमाञ्चक जित, युगाण्डा १ विकेटले पराजित

वुमन्स डे कप क्रिकेट: नेपालको रोमाञ्चक जित, युगाण्डा १ विकेटले पराजित

काठमाडौं, २५ फागुन । युगाण्डामा जारी वुमन्स डे कप क्रिकेटअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा पहिलो जित निकालेको छ । नेपालले युगाण्डाविरुद्ध १ विकेटको रोमाञ्चक जित निकालेको हो ।

युगाण्डाले दिएको ७६ रनको लक्ष्य नेपालल अन्तिम बलअघि ९ विके गुमाएर पूरा गर्‍यो । अन्तिम ओभरमा नेपाललाई जितका लागि ६ रन आवश्यक थियो । पहिलो बल डट खेलेको नेपालले दोस्रो बलमा रिया शर्माले २ रन जोड्नि । तेस्रो बलमा पनि रियाले एक रन जोडिन् । चौथो बल डट नै हुँदा पाँचौं बलमा यशोदा विष्टले ३ रन लिँदै नेपाललाई जिततर्फ डोहोर्याइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन जोडेको थियो ।
युगान्डाका लागि इम्माकुलेट नाकिसुयीले २२ र स्टेफनी नाम्पिनाले १४ रन बनाए ।

बलिङतर्फ नेपालका लागि पूजा महताले तीन विकेट लिईन् । पूजाले चार ओभरम फ्याँक्दा १४ रन दिएर तीन विकेट लिँदा कप्तान इन्दू वर्माले दुई विकेट लिईन् ।

आज नेपाली महिला क्रिकेट टिमका लागि टी-२०आईमा सना प्रवीनले डेब्यू गरेकी छन् । उनले गत जनवरीमा भएको आईसीसी यू-१९ विश्वकप खेलेकी थिइन् ।

यसअघि नेपालले आफ्नो पहिलो खेल शनिबार नामिबियासँग खेलेको थियो। खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।

आज युगान्डासँग खेलेको नेपालले फागुन २६ गते हङकङसँग खेल्नेछ। त्यसैगरी फागुन २८ गते पुनः नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ। लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल भिड्नेछन्।