महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

काठमाडौं, २६ फागुन । चार देशीय महिला टी–ट्वान्टी क्रिकेटमा आज नेपाल हङकङबीच प्रतिस्पर्धा हुँदैछ। खेल युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समयअनुसार अपराह्न पौने ५ बजे शुरू हुनेछ।
युगान्डा क्रिकेट एशोसियसनको आयोजनामा भइरहेको सिरिजमा दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिने छन्। यस सिरिजमा नेपालले खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ।
यसअघिका खेलमा नेपालले घरेलु टोली युगान्डालाई एक विकेटले हराएको थियो भने नामिबियासँग ६ विकेटले पराजित भएको थियो। त्यस्तै हङकङले पनि २ खेलमा एकमा जित र एकमा हार बेहोरेको छ।
नेपालले अर्को खेल फागुन २८ गते, नामिबिया, फागुन २९ मा युगान्डा र चैत १ गते हङकङविरुद्ध खेल्ने तालिका रहेको छ। लिग चरणपछि शीर्ष दुई टोलीबीचको फाइनल खेल चैत ३ गते हुनेछ।