सोमबार २६ फागुन, २०८१

प्रधानमन्त्री कप क्रिकेट: कुशल र आरिफको अर्धशतकप्रेरित पुलिसलाई हराउन लुम्बिनीले २५० रन बनाउनुपर्ने

प्रधानमन्त्री कप क्रिकेट: कुशल र आरिफको अर्धशतकप्रेरित पुलिसलाई हराउन लुम्बिनीले २५० रन बनाउनुपर्ने

काठमाडौं, २६ फागुन । लुम्बिनीमा जराी प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई २५० रनको लक्ष्य दिएको छ ।

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २४९ रन जोड्यो ।

पुलिसका लागि कुशल भुर्तेल र आरिफ शेखले अर्धशतक हिर्काए । ७५ बलको सामना गरेका भुर्तेल ६ चौका र १ छक्कासहित ५९ रनमा आउट हुँदा आरिफले ७९ बलमा २ छक्का हिर्काउँदै ५६ रन जोडे ।

गुल्सन झा ३६ रनमा नटआउट रहँदा दीलिप नाथले ३४, अमृत श्रेष्ठले २२ र अर्जुन साउद ९ रनमा आउट भए । २२ रन पुलिसले अतिरिक्तमा पायो ।

लुम्बिनी प्रदेशका लागि कृष्ण कार्की र अजय चौहानले समान ३ विकेट लिए ।