सुनको भाउ सामान्य बढ्यो
_AduyY9mcAc_4nc1ivfufzcpvupnfiikaix7etl3mxh4d0sfdmao6izzsxhrrc9ackoq90b6_60rXciwpoH_o6agubaxucjzifsgj56riftlkgd4jdkvr7tcurwfuc8llkt6tnfzef7pturn.jpg)
काठमाडौं, २८ फागुन । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।
सुन तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा ३० रुपैयाँले बढेर चाँदी २ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।