सर्लाहीमा नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ
_nSO66I7ydZ_6og89yqt3zshqmxos8kn3l40w7hkj3wur01narye7y7qq2avqh5qispqlqo2_UDXPAvfP2J_qpam78bi265ljshkdbpppdg7kubbpxbnmncv0kim7ebpgssxnyirm5m1m7tc.jpg)
सर्लाही, २७ फागुन । सर्लाही प्रहरीले भारतबाट नेपालतर्फ नक्कली नोट लिएर आउँदै गरेका पाँच जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा मलंगवा नगरपालिका–८, गोरखकालीस्थित सडक खण्डमा जाँच गर्ने क्रममा प्रहरीले १ लाख ७६ हजार रुपैयाँ बराबरको नक्कली नेपाली नोटसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्तिहरू तीन वटा मोटरसाइकलमा सवार थिए। प्रहरीले जाँच गर्दा उनीहरूले काटुनमा प्याक गरिएको नक्कली हजार दरका १७६ थान नोट बोकेको पाइएको छ। साथै, नोट आकारकै सेतो कागजका ८ बण्डल पनि बरामद गरिएको छ।
पक्राउ पर्नेमा महोत्तरी, सोनमा गाउँपालिका–७, सुन्दरपुर निवासी ४२ वर्षीय खुर्सैद उर्फ सुल्तान मंसुर, रौतहट गढीमाई नगरपालिका–९, चिलमिलिया निवासी ५६ वर्षीय राम नारायण सहनी, सर्लाही, धनकौल गाउपालिका–७, बैरिया निवासी ४८ वर्षीय दुलार सहनी, ब्रह्मपुरी गाउपालिका निवासी ५० वर्षीय रामपृत सहनी, र सोही ठाउँ निवासी ३५ वर्षीया सिहानता कुमारी देवी रहेका छन्।
प्रहरीको अनुसार उनीहरूको साथबाट नक्कली नेपाली नोट (रु. १,७६,०००), तीन वटा मोटरसाइकल (४७ प ८७५७, BR 30 C 4766, BR 30 Al 3949) र चार वटा मोबाइल फोन बरामद गरिएको छ।
सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी पक्राउ परेकाहरूविरुद्ध मुद्रा सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।