बुधबार २८ फागुन, २०८१

बालाजुको गुम्बा नजिक भेटियो पुरुषको शव

बालाजुको गुम्बा नजिक भेटियो पुरुषको शव

काठमाडौं, २८ फागुन । काठमाडौं महानगरपालिका–१६ बालाजु वसन्तनगर गुम्बा बिट नजिक मन्दिर परिसरमा एक पुरुषको शव भेटिएको छ ।

नुवाकोटको ढिकुरे घर बताउने अन्दाजी ३६ वर्षीय नरेन्द्र बानियाँको शव बुधबार फेला परेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिएको छ ।

उनका अनुसार बानियाँ मन्दिर परिसरमा मागी खाने व्यक्ति हुन् । घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।