सोमबार २२ मंसिर, २०८२

नेपाल नामिबियासँग २३ रनले पराजित, कमजोर बन्दै फाइनलको सम्भावना

नेपाल नामिबियासँग २३ रनले पराजित, कमजोर बन्दै फाइनलको सम्भावना

काठमाडौं, २८ फागुन । युगान्डामा जारी चार देश समिलित टी-२० क्रिकेटमा नेपालले तेस्रो हार भोगेको छ। आफ्नो चौंथो खेलमा नेपालले तेस्रो हार भोगेको हो।

बुधबार भएको खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भयो। अघिल्ला तीन खेलमा १ खेलमा मात्र जित निकालेको नेपालको हारसँगै फाइनल सम्भावना कमजोर बनेको छ। नेपाल विरुद्ध पहिले ब्याटिङ गर्दै नामिबियाले निर्धारित २० ओभरमा १ सय २५ रन बनाएको थियो।

जवाफमा नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २ रनमा समेटियो। नेपालका लागि साना प्रभिनले ३१ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक पुजा महतो र कप्तान इन्दु बर्माले समान १५-१५ रन बनाए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रन बनायो।

उसका लागि यसमेन खानले ४५ रन बनाउँदा विलका म्वातीले २० रन बनाइन त्यस्तै जुरेइन डिगार्डटले १६ रन बनाउँदा ओपनर तथा कप्तान सुने विटमानले १५ रन बनाएकी थिइन्। नेपालका लागि इश्वरी विष्टले ३ विकेट लिंदा रचना चौधरीले २ तथा इन्दु वर्मा र रिया शर्माले १-१ विकेट लिए।