नेपाल आज युगाण्डासँग खेल्दै, जित्नैपर्ने दबाब
काठमाडौं, २९ फागुन । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कप क्रिकेटमा नेपाल आज घरेलु टोलीसँग खेल्दैछ । नेपालको खेल अपराह्न पौने ५ बजेदेखि सुरु हुनेछ ।
चारमध्ये तीन खेलमा पराजित भएको नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब रहनेछ । शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना कायमै राख्न नेपाललाई जितको विकल्प हुनेछैन ।
शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा युगाण्डालाई हराउँदा तेस्रो खेलमा नामिबिया र चौथो खेलमा हङकङसँग पराजित भएको थियो ।
आजै हुने नामिबिया र हङकङबीचको पहिलो खेलको विजेताले फाइनल खेल्ने पक्का हुनेछ । नेपालले भोलि अन्तिम खेलमा हङकङसँग खेल्नेछ । शीर्ष २ मा पर्न नसक्ने टोलीहरू तेस्रो स्थानका लागि खेल्ने छन् ।
