शुक्रबार ०१ चैत, २०८१

वुमन्स डे कप: समूह चरणको अन्तिम खेलमा हङकङको सामना गर्दै नेपाल

वुमन्स डे कप: समूह चरणको अन्तिम खेलमा हङकङको सामना गर्दै नेपाल

काठमाडौं, १ चैत । युगाण्डामा जारी वुमन्स डे कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले दिउँसो पौने १ बजे हङकङको सामना गर्दै छ । चार देशीय उक्त प्रतियोगितामा आज समूह चरणका अन्तिम खेल हुन लागेका हुन् ।

समूह चरणमा आज नेपालले हङकङको सामना गर्ने नामिबियाले युगाण्डासँग प्रतिस्पर्धा गर्दै छ । प्रतियोगितामा नेपालले हासम्म पाँच खेल खेलेको छ जसमध्ये चार खेलमा पराजय व्यहोरेको छ ।