महिला टी–२० आई क्रिकेट: हङकङले दियो नेपाललाई १०५ रनको लक्ष्य

काठमाडौं, १ चैत । महिला टी–२० आई क्रिकेट शृंखलामा हङकङले नेपाललाई १०५ रनको लक्ष्य दिएको छ । शुक्रबार युगाण्डामा जारी खेलमा हङकङले २० ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको हो ।
हङकङका लागि साञ्जिन शाहजादले सर्वाधिक ५४ रन जोडिन् भने चाङ का योगं १६ तथा यासमिन दासवानी १४ रनमा आउट भईन्।
नेपालका लागि राजमती ऐरीले ३, कप्तान इन्दु बर्माले २ तथा पुजा महतो र इश्वरी विष्टले समान १ विकेट लिए।