पद्मकन्या क्याम्पसमा नेविसंघलाई पराजित गर्दै बागी उठेकी ऐर प्यानलैसहित निर्वाचित

काठमाडौं, ८ चैत । पद्मकन्या क्याम्पस (पीके) को स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार भूपेश्वरी ऐर निर्वाचित भएकी छन् ।
नेविसंघले पीकेमा पूर्णिमा परियारलाई उम्मेदवार बनाएको थियो । तर, बागी उम्मेदवारी दिएकी ऐर प्यानलैसहित निर्वाचित भएकी हुन् । सचिवमा ऐर समूहबाटै सन्ध्या बस्यालले र कोषाध्यक्षमा संकल्पिका थापाले निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरूमा उर्वशी पाण्डे, चेतना महर्की, अस्मिता विक, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की, र यानसु कटवला निर्वाचित भएका छन् ।