आइतबार १७ चैत, २०८१

दिपल ईभी अब मात्र १३ लाख ९९ हजार डाउन पेमेन्टमा

दिपल ईभी अब मात्र १३ लाख ९९ हजार डाउन पेमेन्टमा

काठमाडौं, १० चैत ।  नेपालका लागि दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले आकर्षक न्यूनतम डाउन पेमेन्ट स्किम घोषणा गरेको छ । प्रिमियम ईभी पहुँच अझ धेरै सहज बनाउन उक्त स्किम घोषणा गरिएको कम्पनीले जनाएको छ ।

‘एसिलेरेट इन्टु द फ्युचर’ नाम दिइएको यो स्किमले स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड दिपल ईभी खरिद गर्ने प्रक्रियालाई निकै सहज बनाउने कम्पनीको भनाइ छ ।

यो स्किमअन्तर्गत अब दिपलका ईभीहरु मात्र २० प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न सकिनेछ । दिपलको प्रिमियम ईभीहरू एल०७ लाई मात्र १३ लाख ९९ हजार रुपैयाँ, एस०७ लाई १४ लाख ९९ हजार रुपैयाँ र एस०७एललाई १६ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्ट गरी आफ्नो बनाउन सकिने एमएडब्लू वृद्धि अटोकर्पले जनाएको छ ।

कम्पनीका अनुसार यसबाहेक ग्राहकले फ्लटिङ बेसिसमा ८.९९ प्रतिशत ब्याजदरमा ७ वर्षको सवारी कर्जा उपभोग गर्न पाउनेछन् । ग्राहकले फ्युचरिक दिपललाई आफ्नो बनाउन आफ्नो फाइनान्सिङ पार्टनर एमएडब्लू हायर एन्ड पर्चेज मार्फत मात्र दुई दिनमा सवारी कर्जा पास गर्ने व्यवस्था एमएडब्लू वृद्धिले गरेको छ । यो स्किम काठमाडौं नक्सालस्थित मुख्य शोरुम लगायत देशभरिका डिलरमा समेत लागु हुन्छ ।

यो स्किम अझै आकर्षक बनाउन एमएडब्लू वृद्धिले ग्राहकलाई ७ किलोवाट र ३ किलोवाटको चार्जर, अटो प्लस इन्स्योरेन्स, रोड ट्याक्स र अन्य एसेसोरिज गरी २ लाख रुपैयाँसम्मको थप सुविधा पनि व्यवस्था गरेको छ । यो अफर आज शुक्रबारदेखि १५ दिनका लागि लागु हुनेछ ।

आफ्नो कटिङ एज डिजाइन, फ्युचरिस्टिक टेक्नोलोजी र अतुलनीय ड्राइभिङ एक्सपिरियन्सका कारण नेपालमा सार्वजनिक भएको छोटो समयमै दिपलले आफूलाई स्टाइल र स्टेटस सिम्बोलका रूपमा स्थापित गर्न सफल भएको छ ।

हालसम्म नेपालमा ८ सयभन्दा बढी दिपल ईभी डेलिभरी भइसकेका छन् ।