पीएन क्याम्पसको स्ववियुको मतगणना सुरु

पोखरा । देशकै सबैभन्दा धेरै विद्यार्थी रहेको कास्कीको पृथ्वीनारायण (पिएन) क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको मतगणना सुरु भएको छ । क्याम्पसमै स्ववियूको मतगणना सुरु भएको हो ।
आइतबार बिहान ८ बजेदेखि ५ बजेसम्म भएको मतदानमा २ हजार ८९७ विद्यार्थी सहभागी भएका थिए । ९२७० मतदाता रहेको क्याम्पसमा ३१।२५ प्रतिशत मात्र मत खसेको हो ।
अध्यक्षका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएर चुनावमा होमिएका छन् ।
अनेरास्ववियुबाट विष्णु पोखरेल, नेविसंघबाट सुशील न्यौपाने, अखिल क्रान्तिकारीबाट नविन अधिकारी, अनेरास्ववियूसहितका संयुक्त प्यानलबाट सन्तोष पौडेल, अखिल छैटौंबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङले उम्मेदवारी दिँदा विप्लवी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र रुपमा चुनावी मैदानमा छन् ।