वीरगन्ज टाटा योद्धा १.५ टी को भव्य क्षेत्रीय सार्वजनिक कार्यक्रम सम्पन्न

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारी वितरक सिप्रदी ट्रेडिङ प्रालि टाटा योद्धा १.५ टी को क्षेत्रीय लन्च वीरगन्जमा भव्य रुपामा सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि अनिल अग्रवाल, अध्यक्ष वीरगन्ज उद्योग वाणिज्य संघ तथा विशिष्ट अतिथिहरु चिनिलाल पटेल, अध्यक्ष पर्सा मदिरा व्यवसायी संघका माधवराज पाल, उपाध्यक्ष वीरगन्ज उद्योग वाणिज्य संघ तथा जग्गु शाह र अध्यक्ष नेपाल तरकारी फलफूल व्यवसायी संघको उपस्थितिमा गाडी सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनिल अग्रवालले टाटा योद्धा १.५ मजबुत बनावट, उच्च भार बहन क्षमता, र टिकाउपनको प्रशंसा गर्दै भने, ‘व्यावसायिक प्रयोजनका लागि भरपर्दो गाडी खोज्ने ग्राहकहरूको लागि यो एक उत्कृष्ट विकल्प हो । साथै, सिप्रदी ट्रेडिङको बिक्रीपछिको सेवा नेपालभर छरिएको छ, जसले ग्राहकहरूलाई सहज रूपमा सेवा दिनेछ।’
कार्यक्रममा बोल्दै, एजीएम सीभी सेल्स, सिप्रदी, कृष्ण चन्दले भने, ‘टाटा योद्धा १.५ टी को उच्च भार बहन क्षमता, तथा इन्धन कुशलता रहेको छ, जसले नेपाली व्यवसायीहरूलाई उत्पादकता बढाउन र सञ्चालन खर्च घटाउन मद्दत गर्दछ। हामी विश्वस्त छौँ कि टाटा योद्धा १.५ टी ले ग्राहकहरूको अपेक्षा पूरा गर्नेछ।’
टाटा मोटर्सले नेपालभर आफ्ना सवारी साधनका लागि व्यापक बिक्री तथा सेवा केन्द्रहरूको विस्तार गरिरहेको जनाएको छ ।