माछापुच्छ्रे बैंकले भव्य रूपमा मनायो ग्लोबल मनि सप्ताह– २०२५

काठमाडौँ । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रूपमा मनाउने ग्लोबल मनी वीक २०२५ माछापुच्छ्रे बैङ्क लिमिटेडले भव्य रूपमा मनाएको छ।
यस वर्ष मार्च १७ तारिख देखि २३ तारिखसम्म परेको ग्लोबल मनी वीक २०२५ अन्तर्गत माछापुच्छ्रे बैङ्क लिमिटेडले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरू मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गरेको थियो।
बैङ्कले देशका ७ वटै प्रदेशमा स्थानीय स्कुल, कलेजसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थीहरूलाई लक्षित गर्दै अन्तरक्रिया कार्यक्रमहरूको आयोजना गरी ग्लोबल मनी वीक २०२५ मनाएको हो।
माछापुच्छ्रे बैङ्क लिमिटेडले आम ग्राहक वर्गलाई लक्षित गर्दे यसअघि पनि विभिन्न समयमा विभिन्न माध्यमहरू मार्फत वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गर्दै आएको थियो।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैङ्किङ सेवा पुर्याउने उद्देश्यका साथ बैङ्कले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखाहरू, ९९ शाखारहित बैङ्किङ सेवा र ११ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटिएमहरू मार्फत १६ लाख भन्दा बढी ग्राहक महानुभावहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैङ्किङ सुविधा प्रदान गरिरहेको छ।