भोलिबाट देशभर टाटाको नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिंङ्ग प्रालिले नयाँ वर्ष २०८२ को अवसरमा एक्सचेन्ज उत्सवको घोषणा गरेको छ ।
यही चैत्र २९ देखि वैशाख २ गते सम्म सञ्चालन हुने यस योजनाअन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्डका अत्याधुनिक प्रविधियुक्त नयाँ टियागो इभी, पन्च इभी, नेक्सन के ३ इभी, र कर्भ।इभी एक्सचेन्ज गर्न सकिनेछ ।
एक्सचेन्ज उत्सवमा ग्राहकले आफ्नो पुरानो गाडी साटी टाटाको नयाँ इभी खरिद गर्ने ग्राहकहरुले ८० प्रतिशतसम्मको फाइनान्सिङ्ग सुविधासहित अन्य फाइदा प्राप्त गर्नेछन् ।
आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिंंङ्ग, निःशुल्क चार्जिंंङ्ग बक्स (जडान सहित) एवं निःशुल्क एभिटीसहित हरेक बुकिङ्गमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यस्तै, सो अवसरमा ग्राहकमहानुभावहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने छन् ।