तोलामा १ हजार ७ सयले बढ्यो सुनको मूल्य
काठमाडौँ, २४ वैशाख । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । आज तोलामा १ हजार ७०० ले सुनको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९१ हजार ६०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी १ हजार ९६५ मा बेचबिखन भइरहेको छ ।
मङ्गलबार प्रतितोला सुन १ लाख ८९ हजार ९०० र त्यति नै परिमाणको चाँदी १ हजार ९६५ मा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ३ हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
