सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी कालिदास धौबजी
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी डीआईजी कालिदास धौबजीलाई दिइएको छ ।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक, स्वयम्भूले डीआईजी धौबजीलाई बुधबारदेखि प्रवक्ताको जिम्मेवारी दिएको हो । सशस्त्र प्रहरीको सम्पूर्ण गतिविधिबारे जानकारी दिन धौबजीले भूमिका खेल्ने बताइएको छ ।
यसअघिका प्रवक्ता डीआईजी कुमार न्यौपानेको बराह बाहिनी सुनसरीमा सरुवा भएको थियो । न्यौपानको ठाउँमा छिन्नमसता बाहिनी मुख्यालय महोत्तरीबाट सरुवा भएर आएका डीआईजी धौबजीलाई जिम्मेवारी दिइएको हो ।
