मंगलबार २७ माघ, २०८२

सिमरा विमानस्थलमा माधव नेपालले भने- म स्तब्ध भएँ

सिमरा विमानस्थलमा माधव नेपालले भने- म स्तब्ध भएँ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनुचित काम गरेर आफूले एक पैसा पनि भ्रष्टाचारजन्य काम नगरेको दावी गरेका छन् ।

काठमाडौं फर्कने क्रममा बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै नेपालले यस्तो बताएका हुन् ।

‘म स्तब्ध भएँ । कल्पना पनि गरेको थिइनँ । मबाट कुनै पनि अनुचित, भ्रष्टाचारजन्य, कसैबाट पनि एक पैसा लिएको भ्रष्टाचारजन्य काम गरेको कुनै पनि प्रमाण छैन,’ उनले भने ।

प्रधानमन्त्री रहेका बेला आफूले कुनै पनि मन्त्रीलाई कानुनविपरीत काम गर्न निर्देशन नदिएको उनको भनाइ छ ।

‘मैले कुनै पनि मन्त्रीलाई कानुनविपरीत काम गर्न निर्देशन दिएको छैन । मलाई यसमा जसरी जोड्न खोजिएको छ, त्यसमा पूर्वाग्रहबाहेक केही पनि होइन ।’

पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेपछि नेपाल रौतहटबाट सिमरा हुँदै काठमाडौं फर्कंदै छन् ।