बुधबार २० फागुन, २०८२

संसद्‌मा अब प्रतिपक्षी पनि दुई कित्तामा

संसद्‌मा अब प्रतिपक्षी पनि दुई कित्तामा

काठमाडौं । संसद्मा यसअघि एकढिक्का देखिएका विपक्षी दलहरू दुई कित्तामा पुगेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संयुक्त रुपमा सदन अवरोध गरिरहेका थिए ।

यद्यपि, नेकपा माओवादी केन्द्रले सत्तारुढ दलको तर्फबाट नेकपा एमालेसँग समझदारी गरेको छ ।

उक्त समझदारी राप्रपा र रास्वपाले मानेको छैन ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्नेदेखि छानबिन समिति वा उच्चस्तरीय न्यायिक आयोग गठनको माग गर्दासम्म विपक्षी दलहरू सँगै थिए ।

माओवादी थप लचक भएर सत्तापक्षसँग सहमति गर्न पुगेपछि प्रतिपक्षी दुई कित्तामा बिभाजित हुन पुगेका हुन् ।

रास्वपा र राप्रपाले आन्दोलन जारी रहने बताएका छन् ।

पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले गर्ने छानबिन उचित नरहेकाले विरोध गर्ने बताए ।

रास्वपाले छानबिन समिति किटान नगरेकाले आन्दोलन जारी रहने बताएको छ ।