आइतबार २१ मंसिर, २०८२

बल्छी धुर्बेले फिल्म ‘गोबर गणेश’ बनाउने, हिरोइनमा पुकु

बल्छी धुर्बेले फिल्म ‘गोबर गणेश’ बनाउने, हिरोइनमा पुकु

काठमाडौं । टेलिभिजन सिरियलका कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले फिल्म निर्माण र निर्देशन गर्ने भएका छन् । उनको फिल्मको नाम राखिएको छ- ‘गोबर गणेश’ ।

यो फिल्मलाई चलचित्र विकास बोर्डले निर्माण इजाजत दिएको छ । कलाकारमा सीतादेवी तिमल्सिना र पूजन घिमिरे तय छन् । मरिचमान आफैले अभिनय गर्नेछन् वा छैनन्, खुलेको छैन ।

पूजन घिमिरे ‘पुकु’को रुपमा चर्चित छन् । मरिचमानसँग उनको सिरियल सहकार्य लामो समयदेखि हुँदै आएको छ । शीर्षकबाटै यो फिल्म सोसल कमेडी जनराका हुने बुझ्न सकिन्छ ।

यो फिल्मको बजेट २ करोड तय छ । मरिचमानको आफ्नै फिल्म निर्माण कम्पनी बल्छीधुर्बे फिल्म्स प्रालिले यो फिल्मको निर्माण गर्दैछ ।

यो फिल्मबाट बल्छीधुर्बे फिचर फिल्ममा अघि बढ्न लागेका हुन् । चाँडै ‘टाइटल पोस्टर’ सार्वजनिक गर्ने मरिचमानको तयारी छ । भदौदेखि छायांकन सुरु हुने अपेक्षा गरिएको छ ।

‘मेरी बास्सै’ बाट चर्चामा आएका बल्छीधुर्बे पछिल्लो समय ’हल्का रमाइलो’ र ’जुठे’ सिरियलमा ब्यस्त छन् । यसअघि टिभी सिरिज ‘सक्किगो नि’ले ‘लाज शरणम्’ र ‘तीतो सत्य’ले ‘छक्कापञ्जा’ श्रृंखला बनाइसकेका छन् ।