आइतबार २५ माघ, २०८२

गगन थापा भन्छन्– आम मान्छेलाई सरकारसँग झोक चल्ने भनेकै लाइन बस्नु पर्दा हो

गगन थापा भन्छन्– आम मान्छेलाई सरकारसँग झोक चल्ने भनेकै लाइन बस्नु पर्दा हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले उपलब्ध गराउने सेवा सुविधा लिन लामो समय लाइनमा बस्नुपर्ने कुराबाट जनता आजित बनेको बताएका छन् ।

सोमबार आयोजित एक कार्यक्रममा महामन्त्री थापाले राज्यले उपलब्ध गराउने सेवा प्राप्त गर्न ‘कि लाइनमा बस्नुपर्छ, कि मान्छे चिनेको हुनुपर्छ’ भन्ने कुराबाट जनता आजित बनेको बताए ।

उनले भने, ‘आम मान्छेलाई अहिले सरकारसँग सबैभन्दा झोक चल्ने कुरा भनेकै लाइन बस्ने कुरा छ । सरकारसँग जहाँ भेटभयो त्यहाँ रिस उठिहाल्छ । सरकार भनेको अलओभर राज्य हो । स्टेटसँग जहाँ भेट हुनुपर्‍यो त्यहाँनिर रिस उठ्छ भने यसको सोलुसन के हो त भन्दा सकेसम्म स्टेटसँग भेट हुन नपर्ने बनाउने हो । यदि भइहाल्यो भने पनि फिजिकल भेट हुन नपर्ने बनाउने हो । फिजिकल्ली भेट हुन नपर्ने बनाउन सायद त्यसले स्टेटसम्मको विश्वास बढाउँदै लैजानुपर्ला ।’

पोल्टिकल गर्ने व्यक्तिका लागि समेत प्रविधिको उच्चतम प्रयोग उपयोगी हुने उनको भनाइ थियो ।