नाइमा मोबिलिटी २०२५ मा Ultraviolette को F77 Mach 2 Recon सार्वजनिक
काठमाडौं । विद्युतीय मोटरसाइकल ब्रान्ड Ultraviolette को F77 Mach 2 Recon मोडल नेपाल प्रवेश गरेको छ । Ultraviolette को नेपालका लागि आधिकारिक वितरक तोकिएको Kedia International Pvt. Ltd. ले उक्त मोडल ल्याएको हो ।
NAIMA Mobility Expo 2025 मा Ultraviolette ले आफ्नो फ्ल्यागशिप मोडल F77 Mach 2 Recon को पहिलो प्रदर्शनी गर्दै अवलोकनकर्ताको ध्यान खिचेको छ ।
मुख्य प्रदर्शन तथा डिजाइन विशेषताहरू
शक्ति: 40.2 HP | 30 kW
टर्क: 100 NM
उच्चतम गति: 155 km/h
स्पीड: 0–60 km/h मात्र 2.8 सेकेन्डमा, 0–100 km/h 7.7 सेकेन्डमा
रेन्ज: 323 km (IDC*)
पुनर्जनन ब्रेकिङ: 10 लेभल
राइड मोड्स: Glide | Combat | Ballistic
स्मार्ट टेक र सुरक्षा सुविधा
Dynamic Stability Control (DSC), हिल–होल्ड, Bosch को मोनो/डुअल–च्यानल ABS
वैकल्पिक सुविधाहरू: Delta Watch (चोरी चेतावनी), Lockdown, Crash Alert, Anti-Collision Warning
बुस्ट चार्जरमार्फत छिटो चार्जिङ, ५” TFT मल्टिफंक्शन डिस्प्ले, Violette A.I. सहितको UV Automotive Linux OS, पार्क असिस्ट, डीप–स्लीप, “Find My F77” र TPMS
ब्याट्री र वारन्टी
10.3 kWh SRB 10, IP67-रेटेड ब्याट्री, पाँच–स्तरीय सुरक्षा प्रणाली
ब्याट्री वारन्टी ८ वर्ष वा ८ लाख किमीसम्म (पहिले जे पूरा हुन्छ) विस्तार गर्न सकिने सुविधा
NAIMA Mobility 2025 को विशेष अफर
१२ महिना ०% ब्याजदरमा पुरै मूल्यमा वित्तीय योजना
जुनसुकै सवारी साधन साट्दा नगद छुट
प्रदर्शनीमा आकर्षक उपहार
NAIMA अवधिभर स्टल C1 मा आउने एक भाग्यशाली दर्शकलाई प्रिमियम Shark Helmet जित्ने मौका, साथै प्रत्येक आगन्तुकलाई विशेष गिफ्ट ।
