संसदमा प्रधानमन्त्री उपस्थित हुँदै, आन्तरिक छलफलमा रास्वपा
काठमाडौं । प्रतिनिधि सभाको बैठक अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुट्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । त्यस अगाडि एक घण्टा अगाडि छलफलमा जुट्न लागेको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।
संसद् बैठक अगाडि प्रत्येक दिन रास्वपा आन्तरिक छलफलमा जुट्छ । त्यस दिन के गर्ने, कसले के विषयमा बोल्ने तय गर्छ र सभामा जाने गर्दछ । यही अन्तर्गत आजको बैठक पनि बस्न लागेको अर्यालले बताए ।
रास्वपाले संसद वैठकमा आफ्ना कुरा राखेपछि वहिष्कार गर्दै आएका छन् । यता आज प्रधानमन्त्री केपी शर्मा ओली पनि संसद वैठकमा सहभागी हुँदैछन् । प्रतिनिधिसभामा आज सांसदहरुको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।
