आइतबार २१ मंसिर, २०८२

नाडा अटो शो : ‘उड्ने कार’ देखि २ करोड २० लाखको लक्जरी गाडीसम्म

नाडा अटो शो : ‘उड्ने कार’ देखि २ करोड २० लाखको लक्जरी गाडीसम्म

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो २०२५’ मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७औं संस्करणको उद्घाटन गरेका यो शोमा १९ लाखदेखि २ करोड २० लाख रुपैयाँसम्मका नयाँ मोडेलका गाडी सार्वजनिक भएका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा भइरहेको ६ दिने मेलामा ‘उड्ने कार’, ‘मानव जस्तै देखिने रोबोट’, अत्याधुनिक इभी तथा लक्जरी मोडेलहरू मुख्य आकर्षण बनेका छन् ।

नाडा अध्यक्ष करण चौधरीले यस संस्करणलाई प्रविधिमुखी र भविष्यमुखी बनाइएको बताउँदै, नयाँ सवारी आयात मापदण्ड व्यवसायीमैत्री बनाउन सरकारसँग सहकार्य गर्न आग्रह गरे ।

अटो शोमा सार्वजनिक प्रमुख मोडेलहरू

नामी–०६ एसयूभी (३७.९९–४०.९९ लाख)

चांगान लुमिन (२२.९९ लाख)

एक्सपेङ एक्स–९ लक्जरी एमपीभी (२ करोड २० लाख)

बीवाइडी एटो–टु (४३.९९ लाख)

जिली ग्यालेक्सी एक्स ५ प्रो/म्याक्स, जेवाई एयर (५४.९९–६८ लाख विशेष अफरमा)

जिनपेङ लिनबाक्स ईसी–०१ (१८.९९–२३.४९ लाख)

न्यु टाटा सफारी (१.२१–१.३१ करोड)

सुजुकी ई–भिटारा (मूल्य सार्वजनिक नभएको)

यामाहा एमटी–१५ भी२ र एफजेड एस भी३ डीएलएक्स (४.१२–५.५७ लाख)

हिरोका ४ नयाँ भेरिएन्ट, जुम १२५ (३.०९ लाख), स्प्लेन्डर १२५ (२.६६ लाख)

७५ भन्दा बढी स्टल रहेको यस प्रदर्शनीमा विभिन्न बैंक तथा बीमा कम्पनीले आकर्षक योजना प्रस्तुत गरेका छन् । अघिल्लो ‘नाइमा मोबिलिटी एक्स्पो’ को सफलता पछि व्यवसायीहरू यस पटक १५–२० अर्ब रुपैयाँसम्मको कीर्तिमानी कारोबार हुने अपेक्षामा छन् ।