नाडा अटो शोमा टाटाका नयाँ आकर्षक ईभी : बुकिङमा के–के छन् अफर र सुविधा ?
काठमाडौं । टाटा मोटर्सले यस वर्षको NADA अटो शो 2025 मा आफ्ना नवीनतम विद्युतीय सवारीसाधनहरू प्रस्तुत गर्दै प्रदर्शनीलाई विद्युतीय बनाएको छ।
सिप्रदी ट्रेडिङ प्रा.लि.सँगको साझेदारीमा टाटाले Tiago.ev को नयाँ Arizona Blue रंग पहिलोपटक सार्वजनिक गरेको हो।
यस वर्ष प्रदर्शित प्रमुख EV मोडलहरूमा Curvv.ev, Nexon K3.ev, Punch.ev र Tiago.ev रहेका छन्। यी मोडलहरूमा आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र भविष्य–मैत्री फिचरहरूको संयोजन रहेको कम्पनीले जनाएको छ।
विशेष अफरहरू
ग्राहकलाई आकर्षित गर्न टाटाले विभिन्न सुविधा घोषणा गरेको छः
सिप्रदीको नेटवर्कमा आजीवन निःशुल्क DC Fast Charging
आकर्षक Discounts र Best Exchange Valuation
३ वर्षसम्म निःशुल्क Servicing
निःशुल्क AutoPlus Insurance
निःशुल्क Accessories र १ वर्षको Vehicle Tax
घरमै निःशुल्क Charging Station Installation
निःशुल्क Embossed Number Plate
कम्पनीको विश्वास छ कि यी अफरहरूले नेपाली विद्युतीय सवारीसाधन बजारलाई अझ प्रतिस्पर्धी र आकर्षक बनाउनेछन्।
Tata Passenger Electric Mobility Ltd. का इन्टरनेशनल बिजनेस प्रमुख यश खण्डेलवालले नयाँ EV पोर्टफोलियो नेपालमा दिगो र आधुनिक मोबिलिटीको भविष्य तय गर्ने बताएका छन्।
त्यस्तै, सिप्रदी ट्रेडिङ प्रा.लि. का सिईओ राजन बाबु श्रेष्ठले यो प्रदर्शनीले नेपालमा विद्युतीय सवारीसाधन क्रान्ति तीव्र बनाउने उल्लेख गर्दै, ग्राहकलाई आवश्यक मोडल र बजेटअनुसार विकल्प उपलब्ध हुने बताए।
टाटाले यसै अवसरमा नयाँ Safari पनि सार्वजनिक गरेको छ। ADAS, मेमोरी सिट, ड्युल-जोन क्लाइमेट कन्ट्रोल र टेरेन रिस्पोन्स मोड्स जस्ता प्रिमियम विशेषतासहित आएको यो SUV को मूल्य रु. १२,१९९,००० बाट सुरु हुन्छ।
NADA अटो शो 2025 भदौ ३ देखि ८ गतेसम्म (August 19–24, 2025) काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको छ। टाटा मोटर्स र सिप्रदी ट्रेडिङले सम्पूर्ण अटोप्रेमीहरूलाई आफ्ना नवीनतम मोडल र सीमित अवधिका अफरहरू नजिकैबाट अनुभव गर्न आमन्त्रण गरेका छन्।
