आइतबार २१ मंसिर, २०८२

उद्घाटनकै दिन नाडा अटो शोमा उत्साहजनक भीड, दोस्रो दिन अझ बढ्ने अपेक्षा

उद्घाटनकै दिन नाडा अटो शोमा उत्साहजनक भीड, दोस्रो दिन अझ बढ्ने अपेक्षा

काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ पहिलो दिनमै अत्यन्तै सफल भएको छ। उद्घाटनकै दिन १९ हजार ७ सय ६ जनाले अवलोकन गरेको आयोजकले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अटो शो उद्घाटन गर्दै रोबोट, नाच्ने कुकुरदेखि उड्ने कारसम्मको प्रदर्शनीलाई ‘भविष्यको सुरुवात’ भनेर टिप्पणी गरेका थिए।

छ दिनसम्म चल्ने यस प्रदर्शनीमा १२ वटा भिन्टेज गाडी, दिपलको उड्ने कार, फ्युचरिस्टिक मोबिलिटी, रोबोटलगायतका आकर्षण राखिएका छन्।

यसपटकको अटो शोमा

१९ चारपांग्रे

१३ लाइट कमर्सियल

५ दुइपांग्रे ब्रान्ड सहभागी भएका छन्।

यस्तै, ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्ट्स, ब्याट्री, बैंक तथा वित्तीय संस्थाका स्टल राखिएका छन्।

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न छुट्टै ‘मेड इन नेपाल पभिलियन’ को व्यवस्था गरिएको छ। साथै सेमिनार, कार्यशाला र अन्तरक्रियात्मक कार्यक्रम पनि हुनेछन्।