बुधबार २४ मंसिर, २०८२

मनमैजुको एक घरबाट १० लाख बराबरका गरगहना चोरी

मनमैजुको एक घरबाट १० लाख बराबरका गरगहना चोरी

काठमाडौं । तारकेश्वर नगरपालिका–९ मनमैजुस्थित एक घरबाट करिब १० लाख बराबरका गरगहना चोरी भएको छ ।

मनमैजुस्थित नर्थपोल स्कुल नजिकै तीन तल पक्की घरको पहिलो तलामा डेरा गरी बस्ने ६० वर्षीय एक पुरुषको डेरा कोठामा मंगलबार दिउँसो चोरी भएको हो ।

मध्यान्ह ११ बजेतिर ढोकाको ताला फोडेर चोरी भएको प्रहरीले बताएको छ । सुनको सिक्री, औठी, बाला, मंगलसुत्र र नगद २ लाख ३० हजार गरी करिब १० लाख रुपैयाँ बराबरको चोरी भएको प्रहरीले बताएको छ ।